Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

आज र भोलि मुसलधारे वर्षाको सम्भावना

Main News Image
Kakani Khabar add

काठमाडौँ । आज देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । अरू ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


बाढी पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहेको र पानी पर्ने क्रम पनि बढेसँगै आज काठमाण्डौ उपत्यकासहित ३७ जिल्लामा बाढीको जोखिम छ । आज काठमाण्डौ, भक्तपुर, ललितपुरसहित आसपासका जिल्ला काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङमा बाढीको जोखिम छ । 


त्यस्तै संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, मकवानपुर, पर्सा, बारा, गोरखा, मनाङ, मुस्ताङ, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने स–साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


महाशाखाले खोला/नदी तटीय क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन पनि आग्रह गरेको छ । आज दिउँसो देशका पहाडी भागका धेरै ठाउँमा मध्यमसम्मको वर्षा तथा तराईका केही ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 


आज राति र भोलि पनि पहाडी र तराई भागका थोरै ठाउँमा ठूलो तथा एक/दुई ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना छ । मौसमका जानकार उज्ज्वल उपाध्यायका अनुसार मनसुन पूर्ण सक्रिय रहेको र भोलि सोमबारसम्म देशैभर वर्षाको सम्भावना छ । आज र भोलि अत्यावश्यकबाहेक पहाडी सडक खण्डमा यात्रा नगर्न उहाँको सल्लाह छ । 


विशेष गरी वीपी राजमार्गको धुलिखेल–रोशी–मुलकोट खण्ड र पृथ्वी राजमार्गको नौबिसे, मलेखु–मुग्लिन–जुगेडी खण्डमा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न उहाँको सल्लाह छ ।

Kakani Khabar add

सम्बन्धित खबर

बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित भएका दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । 


प्रदेश प्रमुख देवकोटाले ‘प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यव...

विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको मृत्यु, ४ हजार भन्दा बढी घटना

काठमाडौँ । गएको बैशाख महिना देखि हाल सम्म विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको ज्यान गएको छ । 


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि यही साउन १७  गतेसम्म देशका विभिन्न भागमा चा...

गोर्स्याङ–निग्लेनी–दाङसिङ सडक कालोपत्रेका लागि थप रु. ६ करोड ९२ लाख बजेट विनियोजन

नुवाकोट, असार ६ । तारकेश्वर गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने मुख्य सडक गोर्स्याङ–निग्लेनी–दाङसिङ सडक को ढलान तथा कालोपत्रेसहित स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारबाट दुई शीर्षकमा गरी रु. ६ करोड ९२ लाख बजेट विनियोजन गरिए...

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

काठमाडौँ । हिजो पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले माग गरेपछि काठमाण्डौ जिल्ला अदालतमा त्यसबारे बहस भइरहेको छ ।


प्रहरीले...

अध्यक्ष ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले पूर्व प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । 


आज पार्टी कार्यालय च्यासल ललितपुरमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलील...

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि अर्थात् (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार १ सय ९४ जना विद्यार्थी सहभागी भएकोमा ८३ हजार ५ सय २३ जना उत...