Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

अमेरिकालाई ७ रनले हराउँदै नेपाल ‘ए’ को ‘क्लिन स्वीप’

Main News Image
Kakani Khabar add

काठमाडौँ । एकदिवसीय अभ्यास शृङ्खलामा नेपालको ‘ए’ टोलीले ‘क्लिन स्वीप’ गरेको छ । माथिल्लो मूलपानी मैदानमा आज भएको चौथो तथा अन्तिम खेलमा नेपाल ‘ए’ ले अमेरिकालाई ७ रनले हरायो ।


नेपाल ‘ए’ ले दिएको २६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभर १ बलमा २५७ रन बनाउँदा सबै विकेट गुमायाे । अमेरिकाका शेहान जयसूर्याले ७१ रन बनाए । नेपाल ‘ए’ का शेर मल्लले ४, बसिर अहमदले ३ विकेट लिए ।


यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले ४९ ओभर ५ बलमा २६४ रन बनाउँदा सबै विकेट गुमायो । नेपाल ‘ए’ का सन्दीप जोराले शतक बनाए । जोरा ११५ बलमा १११ रन जोडेर आउट भए । अमेरिकाका सौरभ नेत्रभाल्करले ३ विकेट लिए ।


नेपाल ‘ए’ ले पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रन, दोस्रो खेलमा अमेरिकालाई ३ विकेट र तेस्रो खेलमा स्कटल्यान्डलाई डीएलएस नियमका आधारमा ९ रनले हराएको थियो ।


आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्डको टोलीसँग नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास शृङ्खला खेलेको हो । यही वैशाख २९ देखि जेठ ८ गतेसम्म कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा लिग–२ शृङ्खला शुरू हुँदैछ ।

Kakani Khabar add

सम्बन्धित खबर

मदन पुरस्कारका लागि छानिएका १० वटा कृतिको सूची सार्वजनिक

काठमाडौँ । ‘मदन पुरस्कार २०८२’ का लागि छनोटमा परेका पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले आज १० वटा पुस्तकको सूची सार्वजनिक गरेको हो ।


२०८२ को मदन पुरस्कारका लागि प्राप्त भएका २९८ पुस्तकमध्ये गुठीले १० वटा...

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ ।


चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज आकस्मिकबाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि उक्त मन्त्र...

वर्षाले प्रभावित खेलमा ओमानसँग हार्‍यो नेपाल

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिविसीय शृङ्खलामा नेपाल ओमानसँग डीएलएस नियमका आधारमा १०२ पराजित भएको छ । लिग–२ मा नेपालकाे याे १४औँ हार हाे ।


कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज ओमानले दिएको ३०६...

राहदानी विभागद्वारा ‘डाटा माइग्रेसन’ सम्पन्न

काठमाडौँ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो ‘डाटा माइग्रेसन’ कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।

विभागले एक सूचना जारी गर्दै असार २९ गते देखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा...

लिखु गाँउपालिकाको आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाई सम्पन्न

नुवाकोट । लिखु गाँउपालिकाको कार्यालय र यस अन्तरगतका वडा कार्यालयहरुबाट चालु आर्थिक वर्ष २०८२/८३ मा सम्पादित क्रियाकलाप, नागरिकहरुलाई प्रदान गरिएको सेवा, सुविधा लगायत लिखु गाँउपालिकाको समग्र विकास निर्माणको सम्बन्धमा जानकारी दिने र नागरिकहरु...

तारकेश्वरमा सामाजिक सुरक्षा भत्तामा बार्षिक थप पाच हजार पालिकाले उपलब्ध गराउने

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी 'अविरल'ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको व्यवस्थाअनुरूप गाउँपालिकाभरिका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र टुहुरा र बालपोषण भत्ता पाउने लक्षित समूहका व्यक्तिहरूलाई खाईपाई...