Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

काभ्रे बस दुर्घटनामा ज्यान गुमाएका आठै जनाको पहिचान खुल्यो

Main News Image
Kakani Khabar add

काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ को बुच्चाकोटमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउने सबै ८ जनाको पहिचान खुलेको छ ।


जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार ज्यान गुमाउनेहरुमा सिन्धुलीको घ्यालेख गाउँपालिका–४ का २२ वर्षीया सूर्म लामा, नेपाली सेनामा अमल्दारका रूपम कार्यरत दैलेखका ३० वर्षीय बमबहादर भण्डारी, रोशी गाउँपालिका वडा नम्बर ६ का ७३ वर्षीय मेघबहादुर तामाङ र रोशी–६ का ७५ वषीय इन्द्रबहादर तामाङ रहनुभएको छ ।


यस्तै रोशी–६ का ५५ वर्षीय राजु तामाङ, रोशी–७ की ३४ वर्षीया फूलमाया तामाङ, रोशी–७ की ६० वर्षीया माया लामा र रोशी–८ की ६० वर्षीया प्यारीमाया तामाङको पनि ज्यान गएको छ ।


बनेपाबाट रोशी गाउँपालिका वडा नम्बर ६ स्थित सुघुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस हिजो बीपी राजमार्गअन्तर्गत नमोबुद्धमा दुर्घटनामा परेको थियो । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा १७ जना घाइते भएका थिए ।

Kakani Khabar add

सम्बन्धित खबर

चालु आर्थिक वर्षको अन्तिम दिनसम्म ७८ प्रतिशत बजेट खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल विनियोजित बजेटको ७८ प्रतिशत मात्र खर्च गरेको छ । 


अन्तिम दिन हिजो असार २४ गतेसम्म सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेटमध्ये १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ म...

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा मुद्दा अभियोजन गरेको छ ।


विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १२१ जनालाई प्रतिवादी बनाएको छ । प्रतिवादीलाई करिब रु एक खर्ब १८ अर्ब पाँच करोडबराबरको बिग...

होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थप

काठमाडौँ । सुकुम्बासीहरुका लागि होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थपिएको छ  । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो । समितिले स्वः व्यवस्थापन खर्चका लागि यही १५ गतेसम्म निवेदन दिन र १९ गतेभित्र होल...

नयाँ शैक्षिक सत्र शुरू भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार

बागमती । बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई सुरक्षित आवास निर्माण गर्ने भएको छ । 


सोमबार सरकारको आर्थिक वर्ष २०८३/ ८४ को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ...

अख्तियारमा १ वर्षमा ३३ हजारभन्दा धेरै उजुरी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्षमा भ्रष्टाचारसम्बन्धि सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन् । आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षामार्फत् अख्तियारले उजुरी, अनुसन्धान, मुद्दा फछ्र्यौटलगायतका तथ्यांक सार्व...