Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी र खाणसहित १५ जना दोषी ठहर

Main News Image
Kakani Khabar add

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १५ जना दोषी ठहर भएका छन् । 


मुद्दा दायर भएको तीन वर्षपछि जिल्ला अदालत काठमाण्डौका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो । अदालतले रायमाझी, खाण र पाण्डेसहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गोविन्द चौधरी, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, बिचौलिया हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो ।


मुद्दाका प्रतिवादी सन्दीप रायमाझीसहित ७ जनाले सफाइ पाएका छन् । प्रतिवादीहरू सन्दीपसहित रामशरण केसी, टंककुमार गुरुङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई कसुर पुष्टि नभएको भन्दै अदालतले सफाइ दिएको हो । 


प्रतिवादी भए पनि फरार ८ प्रतिवादी अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाईँ, नीरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्बू र सुनिल बुढाथोकीको हकमा पक्राउ परेपछि कानुनबमोजिम हुने भएको छ । 


दोषी ठहर भएका विरुद्ध सजाय निर्धारणका लागि असार २९ मा पेसी तोकिएको छ । नेपाल प्रहरीले अनुसन्धान गरेको हाई प्रोफाइल मुद्दा भएकाले यसलाई चासोका साथ हेरिएको थियो ।

Kakani Khabar add

सम्बन्धित खबर

वर्षाले प्रभावित खेलमा ओमानसँग हार्‍यो नेपाल

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिविसीय शृङ्खलामा नेपाल ओमानसँग डीएलएस नियमका आधारमा १०२ पराजित भएको छ । लिग–२ मा नेपालकाे याे १४औँ हार हाे ।


कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज ओमानले दिएको ३०६...

विपदमा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमार्डौँ । गृहमन्त्री सुधन गुरुङले विपदमा प्रयोग गर्न दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज भएको छलफलमा गृहमन्त्री गुरुङले विपदमा परेका नागरिकको तत्कालै उद्धार गर्न दुई वटा हेलिकप्टर...

विश्वकप फुटबलमा भोलि बिहान ४ वटा खेल हुँदै

काठमाडौँ । फिफा विश्वकप फुटबलमा भोलि बिहान चार वटा खेल हुँदैछन् । भोलि बिहान पौने १ बजे कतार र स्वीजरल्याण्ड, पौने ४ बजे ब्राजिल र मोरक्को, पौने ७ बजे हाइटी र स्कटल्याण्ड तथा बिहान पाैने १० बजे अष्ट्रेलिया र टर्कीएले खेल्दैछन् ।


व...

तारकेश्वरमा जनप्रतिनिधि र कर्मचारीले बालबच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने

नुवाकोट । तारकेश्वर गाउँपालिकाले सरकारी सेवा एंव सुविधा लिनेले आफ्नो सन्तानलाई अनिर्वाय रुपमा सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने भएको छ ।

आज बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकमा गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले गर्नु भएको प्रस्ता...

काभ्रे बस दुर्घटनामा ज्यान गुमाएका आठै जनाको पहिचान खुल्यो

काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ को बुच्चाकोटमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउने सबै ८ जनाको पहिचान खुलेको छ ।


जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार ज्यान गुमाउनेहरुमा स...

एमालेले ओली पक्राउ परेको विषय संसदमा उठाउने

काठमाडौँ । नेकपा एमालेले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको विषयलाई प्रतिनिधिसभा बैठकमा उठाउने भएको छ ।


एमालेको आज बसेको सचिवालय बैठकले ओली पक्राउ परेकाे विषय सङ्घीय संसदमा उठाउने र विरोध जनाउने न...