Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा नछाड्ने प्रचण्डको घोषणा

Main News Image
Kakani Khabar add

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष कार्यकारी प्रमुखको एजेन्डा आफ्नो पार्टीले नछाडेको स्पष्ट पारेका छन्।

शनिबार रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले उक्त मुद्दा अझै अधूरो रहेको उल्लेख गर्दै निर्वाचनपछि संविधान संशोधनमार्फत पूरा गर्ने प्रतिबद्धता जनाए। “देश आज जहाँ पुगेको छ, त्यो हाम्रै संघर्ष र योद्धाहरूको बलिदानका कारण हो,” उनले भने, “हामी सुरुदेखि नै प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा आवाज उठाउँदै आएका हौँ, त्यो एजेन्डा अझै बाँकी छ।”

प्रचण्डले पूर्ण समानुपातिक निर्वाचन प्रणालीप्रति पनि पार्टी अडिग रहेको बताए। हालको निर्वाचन प्रणाली खर्चिलो र महँगो भएको टिप्पणी गर्दै उनले पूर्ण समानुपातिक प्रणालीमार्फत आम नेपालीको अभिमतको सही प्रतिनिधित्व सुनिश्चित गर्न चाहेको उल्लेख गरे।

उनका अनुसार उक्त एजेन्डा कार्यान्वयन गर्न बाँकी रहेको र त्यसका लागि आगामी दिनमा पहल जारी रहनेछ।

Kakani Khabar add

सम्बन्धित खबर

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प...

पर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु

पर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्युपर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्युपर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्युपर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्युपर्साको वीरगञ्ज महा...

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

काठमाडौँ । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव पदमा नियुक्त गरेको छ ।


मन्त्रिपरिषदको आज बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको बैठकपछि सर...

मध्यपूर्वमा मिसाइल बर्सिँदा रातभरि निदाउन सकिनँ-ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा मिसाइल बर्सिँदा आफू रातभरि निदाउन नसकेको बताएका छन्।

आइतबार बिहानीपख फेसबुकमा स्ट्याटस लेख्दै ओलीले आकाशबाट बर्सिएका  मिसाइलको धुवाँको दृश्यले रातभरि निद्रा नपरेको बताएका हुन्।

...

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । आज दुई जना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे हाे ।


प्रधानमन्त्री शाहकाे सिफारिशमा राष्ट्रपति रामचन्द्र...

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए

काठमाडौँ । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरूले आज सामूहिक राजीनामा दिएका हुन् ।


एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन...