Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

Main News Image
Kakani Khabar add

रसुवा । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन गरेको छ ।


गत वर्ष ल्हेन्दे खोलामा आएको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि लामो समय आवतजावत ठप्प हुँदा निर्धारित लक्ष्यको करिब एक तिहाइ मात्र राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।


उहाँका अनुसार गत वर्ष रु ४० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा मितेरी पुल बगेपछि दुईतर्फ हुने सामान आयात–निर्यात ठप्प भएपछि निर्धारित लक्ष्यबमोजिम  राजस्व सङ्कलन गर्न नसकिएको हो ।  


सङ्घीय राजधानी काठमाडौँबाट नजिक पर्ने सो व्यापारिक नाकाबाट चालु आर्थिक वर्षका लागि रु २५ अर्ब ५० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो ।   


सो व्यापारिक नाकाबाट गत आव २०८२/८३ मा रु ४३ अर्ब ७३ करोड बराबरका विभिन्न मालसामान नेपाल भित्रिएको  थियो । त्यस्तै अघिल्लो आव २०८१/८२ मा रु ८५ अर्ब २३ करोड बराबरका सामग्री आयात भएको थियो ।  


चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ सहरबाट नेपालमा दैनिक उपभोग्य वस्तु, तयारी पोसाक, विद्युतीय सामग्री, जलविद्युत् आयोजनाका उपकरण, विद्युतीय सवारीसाधन तथा अन्य औद्योगिक सामग्री यही नाका हुँदै नेपाल भित्रिने गरेको छ ।


रसुवा भन्सार कार्यालय टिमुरेका अनुसार रोल कपडा, तयारी पोसाक, जुत्ता–चप्पल, थर्मस, बालबालिकाका खेलौना, अदुवा, लसुन, अङ्गुर, ओखर, स्याउ, कुकर, विद्युतीय सवारीसाधन तथा बालबालिकाका पोसाकलगायत विविध सामग्री यही नाकाबाट नेपाल भित्रिने गरेको छ ।  


भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह्रेका अनुसार प्राकृतिक विपद्का कारण सडक सञ्जाल कहिले र कहाँ अवरुद्ध हुन्छ भन्ने अनिश्चितता रहे पनि चालु आर्थिक वर्षका लागि रु २५ अर्ब ५० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको छ ।


वर्षायाममा हुने अवरोध हटाउन यसअघि रसुवागढी हाइड्रोपावरले काम गरे पनि मितेरी पुल बग्दा सडक ठप्प भएको थियो । यस वर्ष सडक सुधारका लागि चिनियाँ ठेकेदार कम्पनी उपकरणसहित तैनाथी अवस्थामा रहेको र रसुवागढी नाकामा ‘बेली ब्रिज’समेत बनेकाले लामो समयसम्म सो सडकखण्ड अवरुद्ध नहुने अपेक्षा गरिएको छ।

Kakani Khabar add

सम्बन्धित खबर

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौँ । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरु...

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खसेपछि सडक अवरुद्ध छ ।


चितवनको इच्छाकामना गाउँपालिका–७ मा आज बिहान पौने ९ बजे पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै गाडी बन्द छ...

लिखु गाँउपालिकाको आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाई सम्पन्न

नुवाकोट । लिखु गाँउपालिकाको कार्यालय र यस अन्तरगतका वडा कार्यालयहरुबाट चालु आर्थिक वर्ष २०८२/८३ मा सम्पादित क्रियाकलाप, नागरिकहरुलाई प्रदान गरिएको सेवा, सुविधा लगायत लिखु गाँउपालिकाको समग्र विकास निर्माणको सम्बन्धमा जानकारी दिने र नागरिकहरु...

नेपालको कृषि–खाद्य प्रणाली सुदृढीकरणका लागि चिनियाँ सहयोगमा नयाँ परियोजना शुरू

काठमाडौँ । चिनियाँ सरकारको आर्थिक सहयोगमा ‘नेपालमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण’ परियोजना शुरू भएको छ ।


नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्य लिएको परियोजनाको आज काठमाण्डाैमा आयोजित एक कार्यक्रम...

माध्यमिक शिक्षा परीक्षा एसईई भोलिदेखि : सम्पूर्ण तयारी पूरा

काठमाडौँ । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरु हुँदैछ ।  परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । 


कार्यालयका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्या...

सुनचाँदीको भाउ आज पनि घट्यो

काठमाडौँ ।  सुनचाँदीको भाउ आज पनि घटेको छ । 


हप्ताको तेस्रो कारोबार दिन आज मंगलबार सुन तोलामा एक हजार २०० रुपैयाँले घटेको हो । सुन आज तोलाको दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए...