Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै

Main News Image
Kakani Khabar add

काठमाडौँ । हात हातमा मोबाइल र इन्टरनेटको पहुँचले परम्परागत हुलाकको अस्तित्वमा प्रश्न उठिरहेको समयमा हुलाकलाई स्मार्ट बनाउने सरकारको योजना प्रभावकारी बन्दै गएको छ ।


डिजिटल प्रविधिको विस्तारसँगै हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र बहुउद्देश्यीय सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार सरकारले स्मार्ट हुलाक कार्यक्रमलाई तीव्रता दिएको हो । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी सय दिने कार्ययोजनामा अनुसार राहदानी, नागरिकताको प्रतिलिपि, गाडी चालक अनुमतिपत्र लगायत सरकारी कागजात नागरिकको घरमै पुर्‍याउने व्यवस्था गर्ने उल्लेख गरिएको थियो ।


हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार पहिलो चरणमा देशभरका ५०  वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने तयारी भइरहेको छ । यसअन्तर्गत कार्यालयहरूमा आधुनिक पूर्वाधार, डिजिटल सुरक्षा प्रणाली, अनलाइन ट्र्याकिङ, विद्युतीय भुक्तानी सुविधा, इन्टरनेट सेवा तथा सूचना प्रविधिमा आधारित सेवा विस्तार गरिनेछ । विभागले स्मार्ट हुलाक सञ्चालनमा आएपछि सरकारी सेवामा नागरिकको पहुँच अझ सहज हुने, विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा डिजिटल सेवाको पहुँच विस्तार हुने अपेक्षा लिएको छ ।


हुलाकलाई अब केवल चिठीपत्र आदानप्रदान गर्ने संस्थाका रूपमा नभई आधुनिक सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने सरकारको दीर्घकालीन लक्ष्य रहेको विभागको भनाइ छ । सरकारको पहलपछि हुलाकमार्फत राहदानी, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र तथा स्वास्थ्य परीक्षण प्रतिवेदन घरमै पुर्‍याउने सेवा शुरु गरिएको विभागले जनाएको छ ।


सरकारले स्मार्ट हुलाक कार्यक्रमलाई चरणबद्ध रूपमा देशभर विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक नीति, पूर्वाधार तथा प्रविधि विकासको काम अघि बढिरहेको विभागले जनाएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

सिभिल अस्पतालमा औषधि खरिदमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । काठमाण्डौको मीनभवनमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै ८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड ९१ लाख २४ हजार ५४७ रुपैयाँ बिगो मा...

कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ ।

उहाँको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

नेता श्रेष्ठको शव भोलि बु...

सरकारले असार २९ देखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने

काठमाडौँ । सरकारले पर्सि असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ । यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ ।


परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज...

नेपालले स्कटल्यान्डलाई १९४ रनमा अलआउट गर्‍यो

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा स्कटल्यान्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ ।


कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ३९ ओभर १ बलमा १९४ रन बनाउँदा सबै विकेट गुमायो । स्कटल्या...

कलेरीडाँडामा सीप सिकाइ केन्द्र उद्घाटन, आमा समूहलाई चार लाख सहयोग

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी 'अविरल' ले वडा नम्बर ५ स्थित कलेरीडाँडामा निर्माण सम्पन्न भएको गाउँपालिका स्तरीय सीप सिकाइ केन्द्रको उद्घाटन गर्नुभएको छ ।

शिक्षामा लगाएको ३ प्रतिशत समता कर खारेजी गर्न ४ निजी शैक्षिक संस्थाको माग

काठमाडौँ । निजी विद्यालयका प्रमुख ४ छाता सङ्गठनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षामा लगाएको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन् ।


प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले आज संयुक्त पत्रकार सम्मेलन गरी सम...