Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

स्टार नुवाकोट अस्पतालमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा सम्पन्न

Main News Image
Kakani Khabar add

नुवाकोट । स्टार नुवाकोट अस्पताल प्रा.लि., विदुर–२, नुवाकोटमा अर्थोपेडिक (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ) सर्जन डा. सन्देश महर्जन रामद्वारा विशेष विशेषज्ञ ओपिडी सेवा सञ्चालन गरिएको छ ।


नियमित रूपमा प्रत्येक शनिबार विशेषज्ञ ओपिडी सेवा प्रदान गर्ने क्रममा आज (शनिबार) कम्मर दुख्ने, ढाड दुख्ने, घुँडा दुख्ने, हातखुट्टा झमझमाउने लगायत हाड तथा नशासम्बन्धी समस्या भएका बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। 


यस अन्तरगत नि:शुल्क रुपमा BMD (Bone Mineral Density) स्क्यान मार्फत हड्डीको घनत्व जाँच सेवा पनि उपलब्ध गराइएको हो।


विशेषज्ञ ओपिडी सेवामा आएका ३५ जना बिरामीमध्ये १८ जनामा हड्डीको घनत्व कमजोर (Osteopenia/Osteoporosis संकेत) देखिएकाले आवश्यक उपचार तथा स्वास्थ्य सावधानी अपनाउन चिकित्सकले सुझाव दिनुभएको स्टार नुवाकोट अस्पतालका व्यवस्थापक स्वयमकृष्ण राजभण्डारीले जानकारी दिनुभयो। 


उहाँका अनुसार अस्पतालले हरेक हप्ता नियमित रूपमा विशेषज्ञ ओपिडी सेवा सञ्चालन गर्दै आएको छ।

Kakani Khabar add

सम्बन्धित खबर

मनसुनजन्य विपद‍्बारे राष्ट्रियसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौँ । मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रियसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।


नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले सं...

सरकारले असार २९ देखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने

काठमाडौँ । सरकारले पर्सि असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ । यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ ।


परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज...

गणेश नेपालीको उपचारका क्रममा निधन

काठमाडौँ । जलनका बिरामी गणेश नेपालीको उपचारका क्रममा ज्यान गएको छ ।


मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको वीर अस्पतालमा उपचारका क्रममा आज बिहान साढे ११ बजेतिर ज्यान गएकाे जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक पव...

पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ मागेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट पक्राउ गर्नुको कारणसहित लिखित जवाफ मा...

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ ।


क...