Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

ट्राफिक सप्ताह २०८३ अन्तर्गत नुवाकोटमा १५ चालकको लागू पदार्थ परीक्षण, २ जना पोजिटिभ भेटिए ।

Main News Image
Kakani Khabar add


नुवाकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले मनाइरहेको ‘ट्राफिक सप्ताह २०८३’ को पाँचौँ दिन लागू पदार्थ सेवन (लाप.से.) नियन्त्रण तथा सवारी दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै विशेष स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।


आज शनिबार, तादी गाउँपालिका–३ खरानीटारस्थित इलाका प्रहरी कार्यालय खरानीटारको कार्यालय परिसरमा समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरूप कार्यक्रम सञ्चालन गर्दा १५ जनाको परीक्षण गर्दा दुई जनाले लागू औषध प्रयोग (खाएको) पाइएको हो ।


उक्त कार्यक्रममा तादी आधारभूत अस्पताल खरानीटार, इलाका प्रहरी कार्यालय खरानीटार र स्थानीय निकायको समन्वयमा स्वास्थ्यकर्मी टोलीद्वारा काठमाडौँ–दुप्चेश्वर सडकखण्डमा सञ्चालन भइरहेका विभिन्न सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन परीक्षण गरिएको थियो ।


तादी आधारभूत अस्पतालका डा. शिवानी रायमाझी सहितको स्वास्थ्यकर्मी टोलीको उपस्थितिमा गरिएको परीक्षणमा १५ जना चालकको नमुना जाँच गर्दा २ जना चालक लागू पदार्थ सेवन गरेको (Positive) पाइएको हो ।


पोजिटिभ देखिएका चालकहरूलाई आवश्यक थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख विनोद ढकालले जानकारी दिनुभयो ।


ट्राफिक प्रहरीले यस्ता अभियानले सडक सुरक्षामा सुधार ल्याउने र मादक तथा लागू पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने अपेक्षा गरेको जनाएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

हेटौँडा कपडा उद्योग फेरि सञ्चालनको तयारी

काठमाडौँ । सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ ।


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उ...

ओली पक्राउ परेको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौँ ।  पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेकपा एमालेले आज पनि विभिन्न जिल्लामा प्रदर्शन गरेको छ ।


पूर्वनिर्धारित कार्यक्रमअनुसार जिल्ला कमिटीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउनुक...

सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा.तिमिल्सिना

नुवाकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन वा आधिकारिक हुन भनेर चिन्न आवश्यक रहेको बताउनुभएको छ ।


पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने...

के हर्क साम्पाङले केपी ओलीलाई हराउन घण्टीमा भोट मागे ?

साम्पाङको भाषणका दुई फरक सन्दर्भका अंश काँटछाँट गरी जोड्दा उनले घण्टीको पक्षमा मत मागेको जस्तो देखाइएको हो। पूर्ण भिडिओ विश्लेषण गर्दा उक्त दावी पुष्टि हुँदैन। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को च...

स्टार नुवाकोट अस्पतालमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा सम्पन्न

नुवाकोट । स्टार नुवाकोट अस्पताल प्रा.लि., विदुर–२, नुवाकोटमा अर्थोपेडिक (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ) सर्जन डा. सन्देश महर्जन रामद्वारा विशेष विशेषज्ञ ओपिडी सेवा सञ्चालन गरिएको छ ।


नियमित रूपमा प्रत्येक शनिबार विशेषज्ञ ओपिडी से...

बागमती प्रदेशमा करिब १३ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ । पर्याप्त मात्रामा आकाशे पानी नपरेको र सिँचाइको अभावका कारण यस वर्ष बागमती प्रदेशमा हालसम्म करिब १३ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ ।


प्रदेशको कृषि विकास निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार कूल १ लाख १४ हजार ५२९ दशमलव...