Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

दीपेन्द्रको कप्तानीमा एशियन गेम्स क्रिकेट छनोट खेल्ने टोली घोषणा

Main News Image
Kakani Khabar add

काठमाडौँ । एशियन गेम्स क्रिकेट छनोट खेल्ने नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

८ वटा देश सहभागी छनोट आउँदो आइतवार जेठ १७ गतेदेखि २६ गतेसम्म सिङ्गापुरमा आयोजना हुँदैछ । छनोटमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै मलेशिया, कतार र चीन छन् । समूह ‘बी’ मा आयोजक सिङ्गापुर, ओमान, हङकङ र बहराइन छन् । समूहका शीर्ष दुई टोली एशियन गेम्समा छनोट हुनेछन् ।

टी–२० फर्म्याटमा हुने एशियन गेम्स क्रिकेट आउँदो सेम्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानमा आयोजना हुनेछ । १० वटा टोली सहभागी हुने प्रतियोगिताका लागि भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र आयोजक जापान स्वतः छनोट भइसकेका छन् ।

यस्ताे छ नेपाली टाेली–

दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र शाहब आलम रहेका छन् ।

यस्ताे छ खेल तालिका– 

Kakani Khabar add

सम्बन्धित खबर

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलिदेखि पुनः शुरू हुँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलिदेखि पुनः सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो ।


राष्ट्रिय परिचय...

नेपालले दियो अमेरिकालाई ३१८ रनको कीर्तिमानी लक्ष्य

काठमाडौँ । घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई ३१८ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।


नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएकाे हाे...

विपदमा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमार्डौँ । गृहमन्त्री सुधन गुरुङले विपदमा प्रयोग गर्न दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज भएको छलफलमा गृहमन्त्री गुरुङले विपदमा परेका नागरिकको तत्कालै उद्धार गर्न दुई वटा हेलिकप्टर...

तारकेश्वर गाउँपालिकाको सबै वडामा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सम्पन्न

नुवाकोट । तारकेश्वर गाउँपालिकाले सोमबारदेखि सुरु गरेको आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरण, निःशुल्क स्वास्थ्य परीक्षण, औषधी तथा परामर्शसहितको ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ शुक्रबार...

के हर्क साम्पाङले केपी ओलीलाई हराउन घण्टीमा भोट मागे ?

साम्पाङको भाषणका दुई फरक सन्दर्भका अंश काँटछाँट गरी जोड्दा उनले घण्टीको पक्षमा मत मागेको जस्तो देखाइएको हो। पूर्ण भिडिओ विश्लेषण गर्दा उक्त दावी पुष्टि हुँदैन। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को च...

एमालेले ओली पक्राउ परेको विषय संसदमा उठाउने

काठमाडौँ । नेकपा एमालेले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको विषयलाई प्रतिनिधिसभा बैठकमा उठाउने भएको छ ।


एमालेको आज बसेको सचिवालय बैठकले ओली पक्राउ परेकाे विषय सङ्घीय संसदमा उठाउने र विरोध जनाउने न...