Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

Main News Image
Kakani Khabar add

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । 


मन्त्रालयले त्यस सन्दर्भमा देशभरका सेवाप्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरणसमेत सार्वजनिक गरेको छ ।


 मन्त्रालयले त्यससम्बन्धी सूची सार्वजनिक गर्दै निःशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ । 


मन्त्रालयले सार्वजनिक गरेको विवरणमा सङ्घीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पताल समेटिएका छन् ।

 

मन्त्री निशा मेहताको सचिवालयका अनुसार प्रत्येक अस्पतालका फोकल पर्सनको नाम र फोन नम्बर राखिएको छ । जसबाट निःशुल्क उपचारसम्बन्धी समस्या आएमा बिरामी वा सेवाग्राहीले सिधैँ सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ । 


सचिवालयका अनुसार कार्यविधिले सुनिश्चित गरेको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कडाइ गरेको हो । 


मन्त्रालयले यसअघि नै निःशुल्क शय्या व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ भने अस्पतालले आरक्षित शय्याको विवरण नियमित अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू गरिसकेको छ । 


मन्त्रालयले सेवाग्राहीलाई आवश्यक परे सार्वजनिक गरिएको सम्पर्क विवरण प्रयोग गरी निःशुल्क उपचारसम्बन्धी जानकारी लिन, समस्या भए गुनासो गर्न तथा सेवा प्राप्तिमा समन्वय गर्न आग्रह गरेको छ । 

Kakani Khabar add

सम्बन्धित खबर

पशुपतिमा साउने सोमबारको तयारी:सफाइ अभियान सुरु

काठमाडौँ । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।


साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौ...

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

काठमाडौँ । अबको तीन दिन देशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ । महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी र तराई भूभागको एक/दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना छ ।


यस्...

नुवाकोटको लिखु गाउँपालिकाले संस्थागत विद्यालयहरूको शुल्क निर्धारण गर्‍यो

नुवाकोट । लिखु गाउँपालिका शिक्षा शाखाले गाउँपालिका भित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूको लागि शुल्क निर्धारण गरेको जनाएको छ ।

पालिकाले तोकेको शुल्कभन्दा बढी रकम असुल गरेको पाइएमा वा पालिकाबाट जारी निर्देशनको अवज्ञा गरेमा सम्बन्धित पक्...

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी र खाणसहित १५ जना दोषी ठहर

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १५ जना दोषी ठहर भएका छन् । 


मुद्दा दायर भएको तीन वर्षपछि जिल्ला अदालत का...

तारकेश्वरमा संघ सरकारको निर्णय प्रभावकारी भएन, बिदा र कार्यालय समय पहिलाकै कायम

नुवाकोट, वैशाख २१ । तारकेश्वर गाउँपालिकाले आइतबारको सार्वजनिक बिदा तथा बिहान ९ बजेदेखिको कार्यालय समय प्रभावकारी नभएको निष्कर्ष निकाल्दै गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरू पूर्ववत् रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।


गाउँपाल...

वर्षाले प्रभावित खेलमा ओमानसँग हार्‍यो नेपाल

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिविसीय शृङ्खलामा नेपाल ओमानसँग डीएलएस नियमका आधारमा १०२ पराजित भएको छ । लिग–२ मा नेपालकाे याे १४औँ हार हाे ।


कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज ओमानले दिएको ३०६...