Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

Main News Image
Kakani Khabar add

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच सातबुँदे सम्झौता भएको छ।


सम्झौताअनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।


यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने उल्लेख गरिएको छ। साथै, देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने सहमति भएको छ।


सम्झौतामा प्रत्येक मृतकका परिवारबाट एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने र स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने विषय पनि समेटिएको छ।


सम्झौतापत्रमा मृतकका परिवारका तर्फबाट उनीहरूका अभिभावक तथा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गर्नुभएको छ।साथै, दुवै मृतकको अन्त्येष्टि आज दिउँसो २ बजे गरिने उल्लेख गरिएको छ।

Kakani Khabar add

सम्बन्धित खबर

युनाइटेड युथ क्लबको अध्यक्षमा पुनः अच्युतराज महन्त गिरी चयन

बट्टार । नुवाकोटको खेलकुद तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको युनाइटेड युथ क्लब को अध्यक्षमा पुनः अच्युतराज महन्त गिरी चयन हुनुभएको छ ।

क्लबको ३७औँ साधारणसभा तथा अधिवेशनले वर्तमान अध्यक्ष गि...

अख्तियारमा १ वर्षमा ३३ हजारभन्दा धेरै उजुरी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्षमा भ्रष्टाचारसम्बन्धि सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन् । आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षामार्फत् अख्तियारले उजुरी, अनुसन्धान, मुद्दा फछ्र्यौटलगायतका तथ्यांक सार्व...

आज धान दिवससहित दही चिउरा खाएर असार १५ मनाइँदै

काठमाडौँ । हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ ।


गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरमा शीतलता भई शक...

भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ ।


मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएक...

सुनचाँदीको भाउ आज पनि घट्यो

काठमाडौँ ।  सुनचाँदीको भाउ आज पनि घटेको छ । 


हप्ताको तेस्रो कारोबार दिन आज मंगलबार सुन तोलामा एक हजार २०० रुपैयाँले घटेको हो । सुन आज तोलाको दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए...

पशुपतिमा साउने सोमबारको तयारी:सफाइ अभियान सुरु

काठमाडौँ । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।


साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौ...