Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

‘वर्ल्ड अफ डान्स नेपाल’ को उपाधि विजेता टिम एनटी अन्तराष्ट्रिय प्रतिस्पर्धामा जादै

Main News Image
Kakani Khabar add

नुवाकोट । ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को ग्रान्ड फिनालेमा अपर टिम डिभिजनको उपाधि जित्न सफल टिम एनटी विभिन्न देशमा हुने अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन जाने भएको छ ।


त्रिशूलीमा आज पत्रकार सम्मेलनमा टिम एनटीका प्रतिनिधि निर्मल तामाङले टोली अमेरिका लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो। उहाँले नृत्य केवल मनोरञ्जनको माध्यम मात्र नभई उज्ज्वल भविष्य निर्माण गर्ने महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्नुभयो।


अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा ठूलो आर्थिक खर्च लाग्ने भएकाले कलाकारहरूको सपना पूरा गर्न तथा देशको प्रतिनिधित्व गर्न आवश्यक सहयोग गरिदिन सरोकारवाला निकाय, संघसंस्था तथा शुभेच्छुकहरूलाई अपिल गर्नुभयो।


उहाँले टिमले आगामी दिनमा अझ मेहनतका साथ अघि बढ्दै अन्तर्राष्ट्रिय स्तरमा थप ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गर्दै नेपालको कला, संस्कृति र प्रतिभालाई विश्वमाझ चिनाउने प्रतिबद्धता समेत जनाउनुभयो।

Kakani Khabar add

सम्बन्धित खबर

श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा

काठमाडौँ । श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।


भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई २–० गोलले हरायो । नेपालका रश्मीकुमारी...

फुटबलको महाकुम्भ फिफा विश्वकप आजदेखि शुरु हुँदै

काठमाडौँ । फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानडा आयोजक रहेको फिफा विश्वकप २०२६ आज मध्यरातिदेखि शुरु हुँदैछ । विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन् ।


उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्र...