Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार

Main News Image
Kakani Khabar add

बागमती । बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई सुरक्षित आवास निर्माण गर्ने भएको छ । 


सोमबार सरकारको आर्थिक वर्ष २०८३/ ८४ को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले उक्त आवास निर्माण गरी वितरण गर्न रु २० करोड विनियोजन गरिएको बताउनुुभयो ।


सरकारले प्रशासनिक पुनर्संरचनाद्वारा मन्त्रालय÷निकायहरू घटाइएको भन्दै उहाँले प्रदेशको चालु खर्चमा ११ प्रतिशतले बचत हुने अनुमान गरिएको जानकारी दिनुुभयो । प्रदेश सरकारको एकीकृत प्रशासनिक भवन, प्रदेशसभा भवन तथा आवास निर्माणका लागि रु ५६ करोड ५० लाख विनियोजन गरिएको छ ।


मन्त्री तामाङका अनुुसार मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत युवा स्वरोजगार, उद्यमशीलता, प्रादेशिक स्टिम÷आइटी विद्यालय, विद्यार्थी ह्याकाथन र स्मार्ट शिक्षा आइटी स्किल फेलोसिपका लागि रु २० करोड विनियोजन गरिएको छ ।


युवा स्वरोजगार ब्याज अनुदान कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्केका दक्ष जनशक्ति, घरेलु र आइटी उद्यमीहरूलाई कर्जामा ब्याज अनुदान दिन रु २० करोड विनियोजन गरिएको उहाँले बताउनुभयो । प्रदेश गौरवका आयोजनाका रूपमा हेटौँडामा प्रदेश राजधानी चक्रपथ, गौरीटार रङ्गशाला, आरोग्य केन्द्र र एकीकृत प्रदेश प्रशासकीय भवनलाई अघि बढाइने बजेटमा उल्लेख गरिएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाण्डौले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।


न्यायाधीश आनन्दप्रसाद...

नुवाकोट सुन चादी व्यवसायी संघमा नयाँ नेतृत्व, अध्यक्षमा पुनः बज्रचार्य

नुवाकोट । नुवाकोट सुन चादी व्यवसायी संघको शनिबार भएको साधारणसभा पश्चातको अधिवेशनले नया नेतृत्व चयन गरेको छ । 

बट्टाम भएको संघको १२ औ र १३ औ वार्षिक साधारणसभा पश्चात सम्पन्न चौथो जिल्ला अधिवेशनले पुनः अहिलेका अध्यक्ष भिमराज बज्रचार्यलाई...

माध्यमिक शिक्षा परीक्षा एसईई भोलिदेखि : सम्पूर्ण तयारी पूरा

काठमाडौँ । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरु हुँदैछ ।  परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । 


कार्यालयका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्या...

विश्वकप २०२६ : पोर्चुगल र नवप्रवेशी उज्वेकिस्तान खेल्दै

काठमाडौँ । फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्वेकिस्तान खेल्दैछन् । समूह ‘के’ को यो खेल राति पौने ११ बजे अमेरिकाको हस्टन रङ्गशालामा हुनेछ ।


प्रतियोगितामा दुवै टोली पहिलो जीतको खोजीमा छन् । पोर्चुगलले पहिलो खेलमा...

लिग २ को तयारीका लागि महत्वपूर्ण हुनेछ जय ट्रफी

लिग २ को तयारीका लागि महत्वपूर्ण हुनेछ जय ट्रफीलिग २ को तयारीका लागि महत्वपूर्ण हुनेछ जय ट्रफीलिग २ को तयारीका लागि महत्वपूर्ण हुनेछ जय ट्रफीलिग २ को तयारीका लागि महत्वपूर्ण हुनेछ जय ट्रफीलिग २ को तयारीका लागि महत्वपूर्ण हुनेछ जय ट्रफीलिग २ को तया...

मंगलबार पनि काठमाडौं निर्धारित डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

१९ फागुन, काठमाडौं । मध्यपूर्वी देशहरूमा चर्किएको युद्ध र हवाई क्षेत्र प्रतिबन्धका कारण नेपालको हवाई क्षेत्रसमेत निरन्तर प्रभावित बनिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार समेत पूर्वनिर्धारित कुल १६ अन्तर्राष्...