Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नेपालले अमेरिकालाई ९ विकेटले हरायो

Main News Image
Kakani Khabar add

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा १ विकेट गुमाएर भेटाएको हो ।


नेपालका कुशल भुर्तेलले शतकसहित १ सय १९ रन बनाए । यस्तै आसिफ शेखले ५८ रन बनाए । आजको खेलबाट डेब्यू गरेका ईशान पाण्डेले अविजित २० रन बनाए ।


त्यसअघि त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस जितेर ब्याटिङ ब्याटिङ गरेको अमेरिकाले ४३ ओभर ३ बलमा १ सय ९५ रन बनाएर अलआउट भयो । अमेरिकाका समित पटेलले ८३ र शेहान जयसूर्यले ५० रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए ।


नेपालमा भइरहेको लिग–टू एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन् । अंकतालिकामा नेपाल २६ खेलमा २० अंकसहित सातौं स्थानमा छ । अमेरिका २६ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ ।


यो शृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्यान्डले लगातार दुई जित निकालेपछि दोस्रोमा झरेको हो । स्कटल्यान्ड ३० खेलमा ३८ अंक जोडेर शीर्षस्थानमा छ । कीर्तिपुरमा यसअघि मंगलवार र बिहिवार भएको खेलमा स्कटल्यान्डले नेपाल र अमेरिकालाई समान २ रनले हराएको थियो ।


नेपाल र अमेरिका अहिलेसम्म एकदिवसीय खेलमा ११ पटक खेलेका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । एउटा खेल टाई भएको थियो । नेपालले आफ्नो तेस्रो खेलमा पर्सि ४ गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ ८ गते अमेरिकासँग खेल्नेछ ।

Kakani Khabar add

सम्बन्धित खबर

तारकेश्वरका शैक्षिक सँस्था आइतबार पनि खुल्ने, बैशाख २ देखि विद्यालय सुचारु हुने

नुवाकोट । तारकेश्वर गाउँपालिकामा रहेका शैक्षिक सँस्थाहरु आइतबार पनि पूर्ववत रुपमा सञ्चालन हुने भएको छ ।

तारकेश्वर गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी (अविरल)ले गाउँपालिकाभित्रका शैक्षिक संस्थाहरूलाई आज चार बुँदे निर्द...

मंगलबार पनि काठमाडौं निर्धारित डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

१९ फागुन, काठमाडौं । मध्यपूर्वी देशहरूमा चर्किएको युद्ध र हवाई क्षेत्र प्रतिबन्धका कारण नेपालको हवाई क्षेत्रसमेत निरन्तर प्रभावित बनिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार समेत पूर्वनिर्धारित कुल १६ अन्तर्राष्...

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

काठमाडौँ । आउँदो वैशाख २ गतेदेखि शुरू हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रमा छपाइ भएका पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम पुर्‍याउने काम भइरहेको छ । केन्द्रले यही चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण शुरू गरेकोमा पाँच दिनमा २५ ला...

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध चयन

काठमार्डौँ ।  नेकपा एमालेकाे संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन हुनुभएको छ ।


संसदीय दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेपछि चुनावी प्रक्रिया शुरू भएको भए पनि थापाको मात्रै उम्मेदवारी परेपछि...

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । 


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (ब...

बेलकोटगढीमा युवा लक्षित कार्यक्रम प्राथमिकतामा, २५ जना युवालाई बारिष्ता तालिम

बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकाले ‘युवा लक्षित कार्यक्रम’लाई प्राथमिकता दिँदै सिपमूलक तालिम सञ्चालनमा ल्याएको छ । युवालाई शिक्षासँगै व्यवहारिक सिप प्रदान गरी उद्यमशीलतामा जोड दिने उद्देश्यले नगरपालिकाले पहिलो चरणमा २५ जना युवालाई सहभागी गरा...