Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

साफ महिला च्याम्पियनशिपको सेमिफाइनलबाटै बाहिरियो नेपाल

Main News Image
Kakani Khabar add

काठमाडौँ । साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग २–१ गोलले पराजित भयो ।


खेलको २३औँं मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर पहिलो हाफको इन्ज्युरी समयमा बङ्गलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो । त्यसपछि दोस्रो हाफको इन्ज्युरी समयमा बङ्गलादेशले अर्काे गोल गर्‍याे ।


प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज राति भारत र भूटान खेल्दैछन् । अब बङ्गलादेशले उपाधिका लागि फाइनलमा यो खेलको विजेतासँग खेल्नेछ । फाइनल खेल पर्सि हुनेछ ।


नेपाल अहिलेसम्म उपाधिविहीन छ । प्रतियोगिताको आठौँ संस्करणसम्म आइपुग्दा नेपाल ६ पटक उपविजेता बन्दा २ पटक सेमिफाइनलबाट बाहिरिएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

नेपालले अमेरिकालाई १२२ रनले हरायो

काठमाडौँ । घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ ।


नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१ ओभर २ बलमा १९५ रन बनाउँदा सबै विकेट गुमायो । अमेरिका...

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौँ । दक्षिण एसियाली देशहरूको ठूलो प्रतियोगिता महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । 


खेल भारतको गोवामा रहेको पण्डित जवाहरलालनेहरु रङ्गशालामा दिउँसो सवा ४ बजे शुरु हुनेछ । विगत पाँच वर्ष...

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।


नेपालले दिएको  ११४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बन...

नेपालद्वारा युएई ८ विकेटले पराजित

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ  विकेटले पराजित गर्दै नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा  यूएईले  नेपाललाई जितको लागि १२९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १५.५ ओभरमै मात्र २ विकेट गुमाएर लक्ष्य पू...

जितको खडेरी तोड्यौँ, खेलका कमजोरी सुधार्नेछौँ : कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले आगामी दिनमा नेपालको खेल सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्कटल्यान्डसँगको जितपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । आफूहरू इटालीसँगको खेलमा चुकेको भन्दै उनले भने,' हामी इंग्यान्डसँगक...

श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा

काठमाडौँ । श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।


भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई २–० गोलले हरायो । नेपालका रश्मीकुमारी...