Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

समानुपातिक सांसदले प्रमाणपत्र पाए

Main News Image
Kakani Khabar add

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।


आयोगले आज एक कार्यक्रमकाबीच समानुपातिकतर्फका १ सय १० जना सांसदलाई प्रमाणपत्र वितरण गरेको हो । सांसदहरूलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानुकाकुमारी तुलाधार र सगुनशमशेर जबराले प्रमाणपत्र वितरण गर्नुभएको हो ।


फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ जनाले यसअघि नै प्रमाणपत्र पाइसकेका छन् । सांसदहरूको शपथ भने चैत १२ गते गर्ने तयारी छ ।


चुनावबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलका रूपमा आएका छन् । १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल भएको छ । कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले तेस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी चौथो दलका रूपमा रहेको छ ।


यस पटकको चुनावबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौँ र राप्रपा ५ सिटसहित छैटाैँ दलका रूपमा छ । एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।


आयोगले प्रमाणपत्र दिएपछि आजै प्रतिनिधिसभा सदस्य चुनाव २०८२ को परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको जनाएको छ । अयोगले परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने हुनेछ ।

Kakani Khabar add

सम्बन्धित खबर

खामेनीको मृत्युपछि इरानमा को बन्छ सर्वोच्च नेता, कसरी छानिन्छ?

इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ।

...

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए

काठमाडौँ । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरूले आज सामूहिक राजीनामा दिएका हुन् ।


एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन...

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङको राजीनामा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ । लगानीका विषयमा विवाद भएर चौतर्फी आलोचना भएपछि गुरुङको राजीनामा आएको हो ।


गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेख्दै राजीनामा दिएको घोषणा गर्नुभएको हो । उहाँले आफूसँग स...

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

काठमाडौँ । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव पदमा नियुक्त गरेको छ ।


मन्त्रिपरिषदको आज बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको बैठकपछि सर...

प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा नछाड्ने प्रचण्डको घोषणा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष कार्यकारी प्रमुखको एजेन्डा आफ्नो पार्टीले नछाडेको स्पष्ट पारेका छन्।

शनिबार रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले उक्त मुद्दा अझै अधूरो रहे...

पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गरिरहेको समितिले ५ दिन थप समय माग्यो

काठमाडौँ । पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप ५ दिन समय मागेको छ ।


प्रतिवेदन लेखन कार्य भइरहेको भन्दै समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हिजो पत्राचार गरेको हो । गए...