Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

विदेश हिँडेकाहरू सूचना पढेर फर्किए त्रिभुवन विमानस्थलबाट (तस्बिरहरू)

Main News Image
Kakani Khabar add

मध्यपूर्वमा तनावपछि विभिन्न देशहरूले आफ्नो विमानस्थल बन्द गरेका छन्।

विश्वकै व्यस्तमध्येको मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द भएको छ। त्यहाँ इरानले ड्रोन हमला गर्दा विमानस्थलमा क्षति समेत भएको छ।

खाडीका विभिन्न मुलुकहरू इरान-इसराइल तनावको चपेटामा परेपछि त्यसको प्रभाव नेपालमा पनि परेको छ।

नेपालबाट युएई, कतार, कुवेत लगायतका देशहरू जाने विमान रद्द भएका छन्।  त्यसो हुँदा शनिबार बेलुकी त्रिभुवन विमानस्थलमा यात्रुहरूको भिड लागेको थियो।

उडान रद्द भएपछि घन्टौं बसेर उनीहरू पुनः घर फर्किएका थिए।

आइतबार बिहान पनि विमानस्थलमा यात्रुहरूको बाक्ल उपस्थिति देखिएको छ।

खाडीबाहेक अन्य मुलुक जाने यात्रुहरू विमानस्थल प्रवेश गरेका छन्। साउदी अरब, कतार, कुवेत र युएई जाने यात्रुहरू भने सूचना पढेर फर्किएका छन्।

Kakani Khabar add

सम्बन्धित खबर

पर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु

पर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्युपर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्युपर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्युपर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्युपर्साको वीरगञ्ज महा...

युएईस्थित नेपाली दूतावासले भन्यो- भ्रम फैलिने तस्बिर/भिडिओ सामाजिक सञ्जालमा नहाल्नू

युएईस्थित नेपाली दूतावासले भ्रम फैलिने तस्बिर/भिडिओ सामाजिक सञ्जालमा नहाल्न अनुरोध गरेको छ।

आइतबार एड्भाइजरी जारी गर्दै दूतावासले अज्ञात स्रोतबाट लिइएका कुनै पनि सामग्री प्रसारण नगर्न अनुरोध गरेको हो। 

‘युएईमा विकसित परिस्थितिका स...

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प...

विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द

विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्दविभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्दविभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्दविभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्दविभिन्न सातवटा अन्त...

खामेनीको मृत्युपछि इरानमा को बन्छ सर्वोच्च नेता, कसरी छानिन्छ?

इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ।

...

दुर्गा प्रसाईं पक्राउ

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।

आइतबार बिहान भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जबेगुले  जानकारी दिए।

...