Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

विदुर–५ मा सुविधासम्पन्न तरकारी संकलन केन्द्र निर्माण सुरु, नगरप्रमुख श्रेष्ठद्वारा शिलान्यास

Main News Image
Kakani Khabar add

नुवाकोट । विदुर नगरपालिका–५ स्थित वडा कार्यालय परिसरमा निर्माण हुन लागेको सुविधासम्पन्न तरकारी संकलन केन्द्रको नगरप्रमुख राजन श्रेष्ठले शिलान्यास गर्नुभएको छ। स्थानीय कृषकको उत्पादनलाई व्यवस्थित रूपमा संकलन, भण्डारण तथा बजारसम्म सहज रूपमा पु-याउने उद्देश्यका साथ उक्त केन्द्र निर्माण थालिएको हो।

शिलान्यास कार्यक्रममा विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, वडा नं. ५ का अध्यक्ष लिलानाथ न्यौपाने, वडा सदस्यहरू, कर्मचारी, स्थानीय कृषक तथा नगरवासी महानुभावहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले कृषकको उत्पादनलाई उचित बजारसँग जोड्न तथा कृषि क्षेत्रलाई थप व्यवस्थित बनाउन तरकारी संकलन केन्द्र महत्वपूर्ण हुने बताउनुभयो।

सघन शहरी तथा भवन निर्माण आयोजना मार्फत ठेक्का प्रक्रिया पूरा गरी निर्माण सुरु गरिएको उक्त केन्द्रमा दुई वटा भवन, पानी आपूर्ति प्रणाली र शौचालय सहितका आधारभूत पूर्वाधार रहनेछन्। किसानहरूले उत्पादन गरेको तरकारी सुरक्षित रूपमा संकलन, वर्गीकरण र बजार व्यवस्थापन गर्न सक्ने गरी केन्द्रलाई सुविधासम्पन्न बनाइने योजना रहेको वडा नं. ५ का अध्यक्ष लिलानाथ न्यौपानेले जानकारी दिनुभयो ।

करिब १ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण हुने यस तरकारी संकलन केन्द्रको निर्माण कार्य आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। केन्द्र सञ्चालनमा आएपछि विदुर नगरपालिका क्षेत्रका किसानहरूले उत्पादन गरेको तरकारी संकलन र बिक्री व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको छ।

यसैबीच, विदुर नगरपालिकाले सघन शहरी तथा भवन निर्माण आयोजनासँग साझेदारी गर्दै विभिन्न विकास योजनाहरू सञ्चालन गरिरहेको छ। उक्त आयोजना मार्फत नगरपालिकाले करिब १६ करोड रुपैयाँ बराबरका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

यस अन्तर्गत वडा कार्यालय भवन निर्माण, सडक स्तरोन्नति, शौचालय निर्माण लगायतका विभिन्न पूर्वाधार विकासका योजनाहरू कार्यान्वयनमा ल्याइएको नगरपालिकाले जनाएको छ।

स्थानीय तहको समन्वय र सरकारी कार्यक्रममार्फत सञ्चालन भइरहेका यस्ता पूर्वाधार विकासका योजनाले स्थानीय स्तरमा सेवा प्रवाह सहज बनाउने र आर्थिक गतिविधि समेत विस्तार हुने अपेक्षा गरिएको छ।

Kakani Khabar add

सम्बन्धित खबर

आईसीसी विश्वकप क्रिकेट लिग–टू मा नेपालले यूएईलाई हरायो

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले यूएईलाई हराएको छ । आज भएको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको हो । नेपालले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १ सय ६३ रन बनाएर अलआउट भयो ।


...

माध्यमिक शिक्षा परीक्षा एसईई भोलिदेखि : सम्पूर्ण तयारी पूरा

काठमाडौँ । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरु हुँदैछ ।  परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । 


कार्यालयका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्या...

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । 


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (ब...

अध्यक्ष अधिकारीको महिला सशक्तीकरण अभियान जारी, दुई आमा समूहलाई डेढ लाख सहयोग

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले महिला सशक्तीकरण अभियानलाई निरन्तरता दिँदै वडा नम्बर १ का दुई आमा समूहलाई नगद तथा सामग्री सहयोग हस्तान्तरण गर्नुभएको छ ।


आज आयोजित कार्यक्रममा अध्यक्ष अधिकारीले तल्लोहिले...

आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ । रुवान्डामा हुने आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिताका लागि प्रारम्भिक चरणमा आज २९ सदस्यीय खेलाडी घोषणा गरेको हो ।


छनोट हुने खेलाडीहरूमा वि...

मध्यपूर्वको महासंग्राम : ७५ वर्ष दुस्मनीदेखि ‘अपरेसन शिल्ड अफ जुडा’सम्म

अपरेसन शिल्ड अफ जुडा’ पछि यदि इरानका तेल भण्डारहरूमा क्षति पुग्यो भने विश्व बजारमा तेलको अभाव भई मूल्य आकाशिन सक्छ। यसले अमेरिका र इजरायलले इरानको तेल उत्पादन क्षमतालाई नष्ट गर्ने कि केवल सैन्य अखडामा सीमित रहने भन्नेमा गम्भीर रणनीतिक दबाब महसुस ग...