Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

विद्युत् महशुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन

Main News Image
Kakani Khabar add

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौताको ५० अर्ब एक करोड उठाउन निर्देशन दिएको छ । 


नियमित रूपमा उठ्नुपर्ने महसुल नउठेको, पुरानो बाँकी बक्यौता तथा डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउनसमेत समस्या देखिएपछि मन्त्रालयले आवश्यक पहल थालेको छ । 


ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन निर्देशन दिनुभएको छ । 

डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सडक बत्तीलगायतका सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । उहाँले कानुनी प्रक्रियामा रहेको बाहेकको क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अलमलिन नहुने बताउनुभयो । 


महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा समेत ठूलो मात्रामा विद्युत् महसुल बक्यौता रहेको उल्लेख छ ।

Kakani Khabar add

सम्बन्धित खबर

नेशनल लाइफ इन्स्योरेन्सको तीनदिने ‘Employee Skill Enhancement Program’ पोखरामा सम्पन्न

पोखरा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीको सीप, दक्षता र प्रविधिगत क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तीनदिने Employee Skill Enhancement Program पोखरामा सम्पन्न गरेको छ । ‘Transitioning to the Age of Artificial Intelligence...

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो

काठमाडौँ । आज सुनको भाउ तोलामै १० हजार १०० रुपैयाँले घटेको छ । 


भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ रह...

सोलु हाइड्रोपावरको आईपीओ अर्को साता बाँडफाँट हुने

काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा अर्को साता मात्रै बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले आईपीओ अर्को मात्रै बाँडफाँट गर्ने गरि काम गरिरहेको जानकारी दिएका हुन् ।

क...

सुनको भाउ एकैदिन ७ हजार ८०० ले घट्यो

काठमाडौँ । हप्ताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज एकैदिन ७ हजार ८०० ले घटेर तोलाको २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


हिजो सुनको भाउ तोलाको ३ लाख २ हज...

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? जान्नुहोस् आजको आधिकारिक दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद...

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

धुञ्चे । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु ३१ अर्ब ३० करोड बराबरका बस्तु भित्रिएको छ । 


नेपाल–चीन व्यापारको महत्वपूर्ण  नाकाका  रुपमा रसुवागढी रहेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भ...